Kathmandu Press

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो। 
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङ, भदौ २८ : गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभ ने एक जना घाइते भएका छन्।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो। बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। 

दुर्घटनामा एक पुरुष घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइए प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:०६ बजे, शुक्रबार, भदौ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्