Kathmandu Press

साइबर ब्यूरोका प्रहरी निरीक्षक सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

सुवेदीविरुद्ध साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिने नाममा मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 
साइबर ब्यूरोका प्रहरी निरीक्षक सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं, २७ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुवेदीविरुद्ध साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिने नाममा मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

अख्तियारले साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिने नाममा ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको बताउँदै अदालत समक्ष भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जरिबाना र सजायको मागदाबी गरिएको छ। 
 
प्रकाशित मिति: १९:३५ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्