Kathmandu Press

सरकारले एकै पटक सय गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटायो [सूचीसहित]

मन्त्रालयले बुधबार मात्रै शाखा अधिकृतमा नियुक्त भएका १०६ जनामध्ये १ सय जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो।  
सरकारले एकै पटक सय गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटायो [सूचीसहित]

काठमाडौं, भदौ २७ : सरकारले एकै पटक एक सय गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। 

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन रहेका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।

मन्त्रालयले बुधबार मात्रै शाखा अधिकृतमा नियुक्त भएका १०६ जनामध्ये १ सय जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो।  

प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका १२३ गाउँपालिकामध्ये मन्त्रालयले एकैपटक एक सय गाउँपालिकामा अधिकृतहरू खटाएको हो। रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै, ११ उपमहानगरपालिकामध्ये एउटामा र २७६ नगरपालिकामध्ये १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ। उपमहानगरपालिकाम सहसचिव र नगरपालिकामा उपसचिवको दबरन्दी हुने व्यवस्था छ। 

कसकाे दरबन्दी कुन गाउँपालिकामा ?

प्रकाशित मिति: १८:५७ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्