Kathmandu Press

कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली आयो : सभापति देउवा

सपभाति देउवाले सुरुमा पार्टीका सबै साथीहरु चिन्तित भएपनि अहिले आएर पार्टीका नेता मात्र नभइ देशमा नै खुसी ल्याएको बताए।
कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली आयो : सभापति देउवा

काठमाडौं, भदौ २९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस  र एमाले मिल्दा देशमा खुसीयाली आएको बताएका छन्। 

बिहीबार पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा सपभाति देउवाले सुरुमा पार्टीका सबै साथीहरु चिन्तित भएपनि अहिले आएर पार्टीका नेता मात्र नभइ देशमा नै खुसी ल्याएको बताए।

Hardik ivf

‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए। साथीहरुको भावनाअनुसार मैले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौं,’ देउवाले भने, ‘सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ। दुई वर्षपछि  उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ। साथसाथै दुईवटा पार्टीको बीचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन।’ 

सभापति देउवाले सबैलाई मिलाएर लैजान चाहेको बताए। उनले पार्टी छोडेर गएकाहरु पुन पार्टीमा फर्किन थालेको बताए। 

उनले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरुलाई अग्रह गरे। उनले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए। 

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्