Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमम प्रधानमन्त्री ओलीले आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीसहित मन्त्रीसँग सम्झौता गरेका हुन्। 
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं, भदौ २७ : प्रधानमन्त्री केपी ओलीले सँग चालु आर्थिक वर्षका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमम प्रधानमन्त्री ओलीले आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीसहित मन्त्रीसँग सम्झौता गरेका हुन्। 

कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ। 

यस्तै, प्रधानमन्त्रीले ओलीले मुख्यसचिवसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन्। 

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो। 

प्रधानमन्त्रीसँग सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्ने छन्। लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्यांकन गर्न यस्तो सम्झौताको अघिल्लो कार्यकालमा ओलीले नै सुरुआत गरेका थिए।
 

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, भदौ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्