Kathmandu Press

नेपालका शहरमा सिधा हवाई उडान गर्न भारतीय समकक्षीसँग मन्त्री पाण्डेको आग्रह  

उक्त भेटमा मन्त्री पाण्डेले मन्त्री पाण्डेले विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण समेत गराइएको जनाइएको छ। 
नेपालका शहरमा सिधा हवाई उडान गर्न भारतीय समकक्षीसँग मन्त्री पाण्डेको आग्रह  

काठमाडाैं, भदौ २७ : भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग स्थापना गर्ने बिषयमा छलफल गरेका छन्। 

मन्त्री पाण्डेले भ्रमणकाक्रममा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत छलफल गरेको जनाइएको छ। 

Hardik ivf

मन्त्री पाण्डेले भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेट गरेका थिए। 

उक्त भेटमा मन्त्री पाण्डेले मन्त्री पाण्डेले विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण समेत गराइएको जनाइएको छ। 

नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चालनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले त्यहाँका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान गर्न आग्रह गरेका हुन्। 

छलफलका क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न पनि भारतीय पक्षसँग आग्रह गरेका थिए। 

भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग पनि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न आग्रह भएको जनाइएको छ । 
 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्