Kathmandu Press

प्रस्तावित राजदूत रेग्मीले भने– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउन पहल गर्नेछु 

सुनुवाईकाक्रममा रेग्मले विगतमा अमेरिकी पूर्वउपराष्ट्रपति स्पिरोलगायतले नेपाल भ्रमण गरेको पनि स्मरण समेत गरे । रेग्मीले नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबिच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय गर्ने पनि बताए। 
प्रस्तावित राजदूत रेग्मीले भने– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउन पहल गर्नेछु 

काठमाडाैं, २७ भदौ : अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएका खण्डमा अमेरिकाका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने र नेपालका सरकार प्रमुखलाई अमेरिकी संसदमा संवोधनका लागि पहल गर्ने बताएका छन्। 

संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाईकाक्रममा कार्ययोजना प्रस्तुत गर्दै रेग्मीले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

सुनुवाईकाक्रममा रेग्मले विगतमा अमेरिकी पूर्वउपराष्ट्रपति स्पिरोलगायतले नेपाल भ्रमण गरेको पनि स्मरण समेत गरे । रेग्मीले नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबिच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय गर्ने पनि बताए। 

दुई देशबिचको समझदारी विकास तथा आपसी विश्वासलाई थप सुदृढ गर्न उच्चस्तरीय भ्रमणको आवस्यकता पनि रेग्मीले औंल्याए। 

सुनवाईका क्रममा नेपालका प्रधानमन्त्रीहरूलाई अमेरिका भ्रमण गराउने र त्यहाँको कंग्रेस (संसद्) लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न व्यवस्था मिलाउन प्रयास गर्ने भनाई प्रश्तावित राजदूत रेग्मीले राखेका हुन्। 

‘दुई देशबिच समझदारी विकास गर्न तथा आपसी विश्वासलाई थप सुदृढ बनाउन दुई देशबिचमा भ्रमणहरू हुँदै आएका छन्। संयुक्त राष्ट्र संघको महासभामा भाग लिने सन्दर्भमा नेपालका प्रधानमन्त्रीज्यूहरुबाट अमेरिकी सरकारसँग विचार आदान प्रदान गर्ने, दुई पक्षीय र बहुपक्षीय विषयमा वार्ता गर्ने कार्यहरु हुँदै आएका छन्,’ रेग्मीले भने, ‘प्रधानमन्त्रीको स्टेट भिजिट र अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्ने व्यवस्था मिलाउन म प्रयत्नशील रहने छु।’

 

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्