Kathmandu Press

नयाँघरेको १९औं कृति ‘आगोको बीउ’

नेपाली समाजको उपेक्षित पाटोलाई आफ्नो निबन्धको भावभूमि बनाउने नयाँघरे झर्रा, ठेट र नेपाली मौलिक चरित्र र चित्र खिच्न निकै पोख्त मानिन्न्छ।
नयाँघरेको १९औं कृति ‘आगोको बीउ’

काठमाडौं, भदौ २७ : निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘आगोको बीउ’ निबन्ध संग्रह बजारमा आएको छ। यो उनको १९औं कृति हो । यसअघि उनका ९ वटा नियात्रा संग्रह र १० वटा निबन्धका कृति आएका छन्।

नेपाली समाजको उपेक्षित पाटोलाई आफ्नो निबन्धको भावभूमि बनाउने नयाँघरे झर्रा, ठेट र नेपाली मौलिक चरित्र र चित्र खिच्न निकै पोख्त मानिन्न्छ।

Hardik ivf

उनले आत्मपरक निबन्ध संग्रह ‘एक हातको ताली’मार्फत २०६५ सालमा मदन पुरस्कार पाएका थिए। त्यसको करिब १५ वर्षपछि उनले आफ्नो आत्मपरक शैलीलाई अझ परिस्कार र परिमार्जनका साथ आगोको बीउ प्रकाशनमा ल्याएका छन्।

आपूmलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रुपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रुपमा परिचित छन्। ‘समाजमा हरेक क्षेत्र अन्यौल, असहिष्णु र अस्तव्यस्त भएको छ । त्यसकै अन्तरमनलाई पर्गेलेर मैले यी निबन्धहरु रचना गरेको हुँ,’ निबन्धकार नयाँघरेले भने।

कृतिमा २६ वटा आत्मपरक निबन्धहरु समावेश छन्।

निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान र चरित्र बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो। प्रकाशनले भनेको छ– ‘नयाँघरे पाठकले रुचाइएका र अधिक खोजी गरिने निबन्धकार हुन्। उनी भाषाको नयाँ चमक र समाज, संस्कृति चिनाउने सधैँ उद्यत निबन्धकारका रुपमा स्थापित छन् ।’
 

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्