‘मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय जरुरी छ’
उनले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारण सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको बताए।काठमाडौं, भदौ २७ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय गर्न आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा उनले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारण सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको बताए।
‘स्वास्थ्य मन्त्रालय सबै मन्त्रालयसँग सम्बन्धित नै हुँदोरहेछ। कुनैपनि विषय अर्को मात्रै मन्त्रालयको हो, स्वास्थ्य होइन भन्न नपाइने रहेछ,’ मन्त्री पौडेलले भने, ‘त्यसैले मानव स्वास्थ्यसँग सबै पक्ष जोडिने भएको कारणले नीतिगत समन्वय गर्न आवश्यक देखिन्छ। नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारणले सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको कतिपय तथ्यहरुले देखाएको छ।’
नागरिक सरोकारका विषयहरुलाई ध्यानमा राखेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रत्याभुत गराउन आफू लागि परेको दाबी उनले गरे। मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि राज्यका सबै संयन्त्रहरु सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए।