Kathmandu Press

रिक्त सबै संवैधानिक पदमा एकैपल्ट नियुक्त गर्न दाहालको सुझाव

रिक्त सबै संवैधानिक पदमा एकैपल्ट नियुक्त गर्न दाहालको सुझाव

काठमाडाैं, भदौ २७ : पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक निकायमा रिक्त सबै पदमा नियुक्त गर्न सुझाव दिएका छन्। 

प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद् बैठकको तयारीका लागि बिहीबार बिहान गरेको छलफलमा दाहालले उक्त सुझाव दिएका हुन्। छलफल प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहालबीच भएको थियो। 

छलफलमा दाहाल सबै संवैधानिक निकायमा एकसाथ सिफारिस गर्नुपर्ने बताएका थिए। शुक्रबार संभव नभए अर्को सहमति गरेर संवैधानिक निकायमा छिटो सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने विकल्प पनि दाहालले सुझाएका थिए। 

अध्यक्ष दाहाल संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेताका रुपमा पदेन सदस्य छन्। 

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्