Kathmandu Press

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ।
राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

काठमाडौं, भदौ २७ : यसवर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ। राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ। 

राष्ट्रकविको जन्मजयन्तीका अवसरमा आगामी असोज ७ गते राष्ट्रपति निवास शीतलनिवासमा आयोजना गरिने विशेष समिारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सो पुरस्कार प्रदान गरिनेछ। यसअघि सो पुरस्कार वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो। 

राष्ट्रकविको परिवारबाट मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानमा स्थापित कोषबाट प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले बताए। 

वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यसवर्ष गीति क्षेत्रमा वरिष्ठ गीतकार खरेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्