Kathmandu Press

तीन शीर्ष नेताबीच संवैधानिक परिषद्का विषयमा छलफल

शीर्ष नेताबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 
तीन शीर्ष नेताबीच संवैधानिक परिषद्का विषयमा छलफल

काठमाडौं, भदौ २७ : तीन दलका शीर्ष नेताहरूबीच संवैधानिक परिषद् बैठकको तयारीका सम्बन्धमा छलफल भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।, 

शीर्ष नेताबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 

प्रधानन्यायाशीध सिफारिसका लागि बुधबार साँझ संवैधानिक परिषद्को बैठक बोलाइएको थियो। तर, बैठक सूचना टाँस गरेर शुक्रबारका लागि सारिएको छ।

बैठकमा राजनीतिक दलबीच सहमति गरेर संवैधानिक निकायका रिक्त सबै पदमा चाँडै सिफारिस गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। 

प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, भदौ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्