Kathmandu Press

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सहमति बनाउन संसदीय उपसमिति बनाइयो

उपसमितिमा कांग्रेसका हृदराम थानी, एमालेका रघुजी पन्त, माओवादीका हितराज पाण्डे, जसपाका अशोक राई, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, रास्वपाबाट चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। 
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सहमति बनाउन संसदीय उपसमिति बनाइयो

काठमाडौं, भदौ २७ : निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानमा सहमति जुटाउन संसदीय उपसमिति गठन गरिएएको छ। 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासनको बिहीबारको बैठकले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सहमति जुटाउन ८ सदस्यीय उपसमिति गठन गरेको हो।

Hardik ivf

उपसमितिमा प्रत्येक दलका १–१ सदस्य छन्। जसमा कांग्रेसका हृदराम थानी, एमालेका रघुजी पन्त, माओवादीका हितराज पाण्डे, जसपाका अशोक राई, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, रास्वपाबाट चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। 

समितिको बिहीबारको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थियो। उनले  निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिएका थिए।

‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न,’ गृहमन्त्री लेखकले भने, ‘पहिले प्रिन्सिपल सेट हुनु प¥यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो, भाषा लेख्ने कुरा कठिनाइ होइन।’

उनले छलफलका क्रममा निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको बताए। 

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्