बालुवाटारमा शीर्ष तीन नेता छलफलमा
बालुवाटारमा जारी भेटमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ।-1726123746.jpg)
काठमाडौं, भदौ २६ : प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको छ।
बालुवाटारमा जारी भेटमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ।
शीर्ष तीन नेताको छलफलअघि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच आधा घण्टा छलफल भएको बताइएको छ।
सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












