भोलि बिहान ८ बजे राष्ट्रिय गान बजाउन तथा गाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अर्थात नयाँ वर्षको दिन बिहान राष्ट्रिय गान गाउन तथा बजाउन आग्रह गरेका छन्। ग्लोबल कम्प्याक....

काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अर्थात नयाँ वर्षको दिन बिहान राष्ट्रिय गान गाउन तथा बजाउन आग्रह गरेका छन्। ग्लोबल कम्प्याक्ट नेपालले गरेको आव्हानलाई साथ दिन उनले आग्रह गरेका हुन्।
उनले आइतबार ट्वीट गर्दै 'राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔं' 'ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।' भनेका छन्।
ग्लोबल कम्प्याक्ट नेपालले देशमा कोभिड १९ को संक्रमण रहेको समयमा अग्रपक्तिमा बसेर अहोरात्र खटिने चिकित्सक, नर्सलगायत अत्यावश्यक सेवा प्रदायक व्यक्तिको सम्मान स्वरुप सोमबार बिहान ८ बजे राष्ट्रिय गान बजाउन अपील गरेको छ।
"Play the National Anthem!
— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB











