आज चारवटा संसदीय समितिको बैठक बस्दै
सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।काठमाडौं, भदौ २७ : संघीय संसदअन्तर्गत आज विभिन्न चार समितिहरुको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।
बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।
संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आज बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ ।
प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्टबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई ल्याइयो काठमाडौंबिहीबार, मंसिर १३, २०८१
प्रचण्डजीहरूले काम न काज हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो: गगन थापाबिहीबार, मंसिर १३, २०८१
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद फैसलाबिहीबार, मंसिर १३, २०८१