Kathmandu Press

जनमत पार्टीका अध्यक्ष सीके राउतले दिए श्रीमतीसँग सम्बन्ध विच्छेद मुद्दा

अदालत स्रोतका अनुसार नेता राउतका तर्फबाट ‘अंश सम्बन्ध विच्छेद’ मुद्दा दर्ता भएको हो।
जनमत पार्टीका अध्यक्ष सीके राउतले दिए श्रीमतीसँग सम्बन्ध विच्छेद मुद्दा

काठमाडौं, भदौ २६ : जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दिएका छन्।

राउतले ललितपुर जिल्ला अदालतमा पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि मुद्दा दिएका हुन्। 

अदालत स्रोतका अनुसार नेता राउतका तर्फबाट ‘अंश सम्बन्ध विच्छेद’ मुद्दा दर्ता भएको हो। राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर– २ बाट निर्वाचित सांसद हुन्। 

सम्बन्ध विच्छेदको कारण भने खुल्न सकेको छै । उनका एक छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: १९:५६ बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्