Kathmandu Press

देशैभर डेंगी फैलियो, सबैभन्दा बढी गण्डकी प्रभावित 

महाशाखाले बुधबार सार्वजनिक गरेको रिपोर्ट अनुसार देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा संक्रमण देखिएको छ। आठ महिनाको अवधिमा डेंगी संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।
देशैभर डेंगी फैलियो, सबैभन्दा बढी गण्डकी प्रभावित 

काठमाडौं, भदौ २६ : स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका ८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण देखिएको तथ्य बाहिर ल्याएको छ।

महाशाखाका अनुसार पछिल्लो आठ महिनामा देशका ७५ जिल्लामा डेंगीको संक्रमण फैलिएको हो। 

महाशाखाले बुधबार सार्वजनिक गरेको रिपोर्ट अनुसार देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा संक्रमण देखिएको छ। आठ महिनाको अवधिमा डेंगी संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।

तथ्यांक अनुसार गण्डकी र बागमती प्रदेशमा सबैभन्दा बढी तीन ३ हजार ८ सय ६३ जनामा संक्रमण फैलिएको छ। गण्डकीको तनहुँ र कास्की जिल्ला बढी प्रभावित छन् । त्यसपछि बागमतीमा दुई हजार ७४ जनामा संक्रमण फैलिएको छ। 

यस्तै, कोशी प्रदेशमा ९ सय ४४ जनामा डेंगी संक्रमण भेटिएको छ भने लुम्बिनीमा पाँच सय ५६ मा भेटिएको छ। सुदूरपश्चिममा चार सय ६४, मधेस प्रदेशमा एक सय ४० र कर्णालीमा एक सय १८ जना डेंगी संक्रमित भएका छन्।

प्रकाशित मिति: १९:२२ बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्