Kathmandu Press

सांसदलाई उपत्यका नछाड्न कंग्रेसको निर्देशन

बुधबार साँझ प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई म्यासेज पठाउँदै असोज ३ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएका हुन्।
सांसदलाई उपत्यका नछाड्न कंग्रेसको निर्देशन

काठमाडौं, भदौ २६ : सत्तारुढ दल नेपाली कांग्रेसले सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ।

बुधबार साँझ प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई म्यासेज पठाउँदै असोज ३ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएका हुन्।

Hardik ivf

सचेतक घिमिरेले उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनेका छन्। 

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी स्वरुप कांग्रेस आफ्ना सांसदलाई उपत्यका नछाड्न सर्कुलर गरेको हो। 

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले भने मंगलबार नै आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ।  
 

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, भदौ २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्