Kathmandu Press

एनआरएनएमा आधिकारिकताको प्रश्न उठाउँदै आरके समूह सर्वोच्चमा 

आफ्नो रिट निवेदनलाई पूर्ण इजलासमा पठाइ गैरआवासीय नेपाली संघ विवादको स्थायी समाधानका लागि ११ औँ महाधिवेशनबाट विधिवद् रूपमा निर्वाचित आफुहरुलाई काम गर्न दिन उनीहरुले माग गरेका छन्। 
एनआरएनएमा आधिकारिकताको प्रश्न उठाउँदै आरके समूह सर्वोच्चमा 

काठमाडौं, भदौ २६ : गैरआवासीय नेपाली संघ (एनआरएनए)मा आधिकारिकताको प्रश्न उठाउँदै महाधिवेशनमा अध्यक्षका प्रत्याशी आरके शर्मालगायतले सर्वोच्च अदालतमा रिट दिएका छन्। 

११ औँ महाधिवेशनबाट आरके शर्मा अध्यक्षमा विधिवत् निर्वाचित भएको दाबी रिटमा गरिएको छ। शर्मासहित केशव पौडेल, ठाकुर प्रसाद ढुंगाना पनि रिट निवेदक छन्। 

आफ्नो रिट निवेदनलाई पूर्ण इजलासमा पठाइ गैरआवासीय नेपाली संघ विवादको स्थायी समाधानका लागि ११ औँ महाधिवेशनबाट विधिवद् रूपमा निर्वाचित आफुहरुलाई काम गर्न दिन उनीहरुले माग गरेका छन्। 

हालका अध्यक्ष बद्री केसी नेतृत्वको एनआरएनलाई अवैध घोषित गर्न माग गरिएको छ । तत्कालका लागि आफूलाई अध्यक्षको हैसियतमा शर्मालाई काम कारबाही गर्न दिन अन्तरिम आदेशको माग समेत रिटमा गरिएको छ। 

यसअघि सर्वोच्चको संयुक्त इजलासले बद्री केसी नेतृत्वको समूहलाई आधिकारिकता दिएको थियो । अध्यक्षका प्रत्याशी रहेका शर्माले निर्वाचनमा धाँधली भएको बताउँदै निर्वाचन परिणाम अस्वीकार गरेका थिए। 
 

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, भदौ २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्