Kathmandu Press

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए।
लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

दाङ, भदौ २६ : लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन्। 

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए।

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु, मृत्यु भएको भनी बनाइएका शंकास्पद कागजात, निर्मलाको सम्पत्ति हडपिएको लगायत प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए। आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजिनामा दिएका हुन्।
 
प्रकाशित मिति: १४:३० बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्