Kathmandu Press

सभामुखले ‘हिंसा’ शब्द रेकर्डबाट नहटाउने भनेपछि संसदमा माओवादी अवरोध, बैठक स्थगित

सभामुखको रुलिङ अस्विकार गर्दै माओवादी सांसदले संसद अबरुद्ध गरेपछि अर्को बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख घिमिरेले आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन पनि अनुरोध गरेका छन्। 
सभामुखले ‘हिंसा’ शब्द रेकर्डबाट नहटाउने भनेपछि संसदमा माओवादी अवरोध, बैठक स्थगित

काठमाडौं, भदौ २६ : सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको बताउँदै रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएलगत्तै माओवादीले बुधबार संसद अबरुद्ध गरेका छन्।

सभामुखको रुलिङ अस्विकार गर्दै माओवादी सांसदले संसद अबरुद्ध गरेपछि अर्को बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख घिमिरेले आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन पनि अनुरोध गरेका छन्। 

गत भदौ १२ गते बसेको संसद्को बैठकमा सांसद भट्टराईले माओवादीको दश बर्षे युद्धलाई ‘हिंसा’ भन्दै संवोधन गरेका थिए। त्यसपछि सभामुख घिमिरेले संसद सचिवालयलाई छानविका लागि निर्देसन दिएका थिए। घिमिरेले सचिवालयको निर्णय सुनाउँदै ‘हिंसा’ शब्द हटाउन नपर्ने र उक्त शब्द असंसदीय नभएको बताएका थिए।  

त्यसलगत्तै प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, सांसद देवेन्द्र पौडेल, माधव सापकोटा लगाएतले प्रतिवाद गरेका छन्। 

एमाले सांसद रघुजी पन्त, प्रमुख सचेतक महेश बर्तौला लगायतले सभामुखको रूलिङमा प्रश्न उठाउने विषय नभएको भन्दै बचाउ गरेका थिए । त्यसपछि संसद बैठकमा पक्ष विपक्षमा आरोपप्रत्यारोप चलेको थियो । 

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्