Kathmandu Press

प्रधानन्यायाधीश सिफारिसका लागि परिषद बैठक बस्दै 

प्रधानन्यायाधीश सिफारिसको एउटा एजेण्डामा मात्रै छलफल हुँदैछ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाश हुँदैछन्। 
प्रधानन्यायाधीश सिफारिसका लागि परिषद बैठक बस्दै 
फाइल तस्बिर।

काठमाडौं, भदौ २६ : नयाँ प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्ने तयारी भएको छ। 

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ ५ बजेका लागि  परिषद्को बैठक डाकेका हुन्। परिषदका सदस्यहरूलाई वैठकका लागि पत्र पठाइएको छ। 

प्रधानन्यायाधीश सिफारिसको एउटा एजेण्डामा मात्रै छलफल हुँदैछ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाश हुँदैछन्। 

यसअघि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरू क्रमशः प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीलाई प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरेको छ।
 
प्रकाशित मिति: १४:१२ बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्