अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते
अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा विहान साढे १० बजतिर जिप दुर्घटना भएको थियो।
अर्घाखाँची, भदौ २६ : अर्खाखाँचीमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
दुर्घटनामा मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा नाम–थर नखुलेका अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा विहान साढे १० बजतिर जिप दुर्घटना भएको थियो। लु १ ज ४७६३ नम्बरको उक्त जिप छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको थियो।
जिप सडकबाट अन्दाजी ६०मिटर तल खसेको थियो। दुर्घटनामा गंभिर घाइते भएका यात्रुलाई उपचारको लागि बुटवल लगिएको छ।
प्रकाशित मिति: १३:५५ बजे, बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












