रास्वपाले उठायो सत्ता गठबन्धनको इमान्दारितामा प्रश्न
उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने बताउँदै झाले संवैधानिक परिषदआफू अनुकुल बनाउन सत्ता गठबन्धनले यो तयारी गरेको उनले अरोप लगाए।काठमाडौं, भदौ २६ : राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनको इमान्दारितामै प्रश्न उठाएको छ।
सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरिरहेको अवस्थामा बुधबार बसेको रास्वपा सचिवलाय बैठकले उपसभामुख इमान्दार रहेको भन्दै सत्ता गठबन्धनको इमान्दारीतामै प्रश्न गरेको हो।
बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले सत्ता गठबन्धनले १८ महिना अघिको कुरा अहिले ल्याएको भन्दै असन्तुष्टि जनाए।
‘१८ महिना अघि उहाँले एउटा पत्रमा हस्ताक्षर गरेको देखियो, त्यो सम्बन्धित ठाउँमा पुगेको छैन। त्यो भिसाको लागि पनि होइन अन्तर्वार्ताको समय चाँडो गराइदिन मात्रै थियो,’ उनले भने, ‘उहाँले १८ महिना अघि नै पत्र लेख्नु गलत थियो हामीले मान्यौँ, त्यो अहिले गलत थियो भने १८ महिना अघि पनि गलत थियो नि । आज आएर गलत भएको हो र? त्यो कुरा। १८ महिनाअघि नै गलत थियो भने अहिले कि चर्चा गर्दै हुनुहुन्छ।’
उनले इन्दिरा रानामगर आफैंमा गलत नभएको भन्दै सत्तारुढ दललाई पदमा बसेको सह्य नभएको आरोप लगाए।
उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने बताउँदै झाले संवैधानिक परिषदआफू अनुकुल बनाउन सत्ता गठबन्धनले यो तयारी गरेको उनले अरोप लगाए।