अत्यावश्यक औषधिहरूको उत्पादनमा आत्मनिर्भर बनाैँ : मन्त्री ढकाल
काठमाडौं, चैत ३० : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्।
<....
काठमाडौं, चैत ३० : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. का तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भन्नेर काम गर्नुपर्ने बताए।
मन्त्री ढकालले सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताए। उनले भने,‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस्, उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने ती कठिनाइ हटाउनका लागि सरकार तपाईंहरूको साथमा हुन्छ।’
‘तपाईंहरू जस्तै व्यवसायी जो यो क्षेत्रमा लाग्नु भएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथि लाग्छौँ ।’ उनले भने,‘अप्ठ्यारोमा सहयोग गर्नुभएको छ योप्रति त आभार नै छ। भोलिको दिनहरूका लागि पनि औषधि उत्पादन बढाउनेगरी लाग्नुस् सरकार पूर्ण रूपमा तपाईंहरूको साथमा हुन्छ।’










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
