Kathmandu Press

मोबाइल व्यवसायीको आन्दोलन, सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द 

आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट  हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायिक प्रतिनिधि (प्रमोटर)लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए।
मोबाइल व्यवसायीको आन्दोलन, सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द 
सांकेतिक तस्बिर।

काठमाडौं, भदौ २६ : नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ। 

व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

Hardik ivf

सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा व्यवसायीहरुले मार्जिनको विषय उठाउँदा कार्यक्रम नै भाडिएको थियो। सो कार्यक्रम व्यवसायीहरुले बहिष्कार नै गरेका थिए।

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए।

‘व्यवसाय सम्बन्धि कुनै पनि विषय कार्यक्रमका शिलशिलामा उठ्छन्, मार्जिनको विषय त केन्द्रको चासोको विषय नै थियो, त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका विषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झन् बिथोल्ने अवस्था बन्यो, यो सुखद् होइन,’ अध्यक्ष भट्टराईले भने। 

महासंघले सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट  हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायिक प्रतिनिधि (प्रमोटर)लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए।

महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको विषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दवाबमुलक कार्यक्रम पछि थप कार्यक्रम घोषणा गरिने बताए।
 

प्रकाशित मिति: ११:३० बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्