प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।काठमाडौं, भदौ २६ : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ ।
दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तथा ‘विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, भ्रमण टोलीमा ८७ जनाबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमाबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थलमा जे देखियो [फोटो फिचर]बिहीबार, मंसिर १३, २०८१
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्टबिहीबार, मंसिर १३, २०८१