Kathmandu Press

प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुन्छ : सभापति देउवा

‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ। प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो। त्यसकारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’ उनले भने। 
प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुन्छ : सभापति देउवा

काठमाडौं, भदौ २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रबृत्ति हावी हुने बताएका छन्। प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उनको भनाइ थियो। 

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यक्ता भएको औंल्याए। 

‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ। प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो। त्यसकारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’ उनले भने। 

सभापति देउवाले वीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समय अनुसार परिर्वतन हुनसक्ने नेताका रुपमा चित्रण गरे।

‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गार्हो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ। उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धती र समाजवादलगायतका धेरै कुराहरुलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई वीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उनले भने।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा. डिला संग्रौलालगयत बीपीको विचार र आजको सन्दर्भमाथि धारणा राखेका थिए।
 

प्रकाशित मिति: २१:५८ बजे, मंगलबार, भदौ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्