Kathmandu Press

कांग्रेस उपसभापति गुरुङमाथि निष्पक्ष छानविन हुनुपर्छ : गगन थापा

कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको महामन्त्री थापाले बताए।
कांग्रेस उपसभापति गुरुङमाथि निष्पक्ष छानविन हुनुपर्छ : गगन थापा
फाइल तस्बिर।

 काठमाडौं, भदौ २५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा विवादमा ल्याइएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानविन हुनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले उक्त भनाई राखेका हुन्।

कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको महामन्त्री थापाले बताए।

‘गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अव अनुसन्धानमा ढिलाई गर्न हुँदैन,’ थापाले भने, ‘कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाईन हो।’

साथै, थापाले उपसभापति गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषी देखिए कारवाही समेत गर्नुपर्ने संचारकर्मीसँग बताए।

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, भदौ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्