Kathmandu Press

राष्ट्रपति समक्ष प्रधानमन्त्रीले बुझाए राष्ट्रिय सुरक्षा परिषद् प्रतिवेदन

राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन पेस गरेका हुन्।
राष्ट्रपति समक्ष प्रधानमन्त्रीले बुझाए राष्ट्रिय सुरक्षा परिषद् प्रतिवेदन

काठमाडौं, भदौ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन पेस गरेका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडलेललाई आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को वार्षिक प्रतिवेदन पेस गरेका थिए।

उक्त समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानबीर राई, सुरक्षा अंगका प्रमुलगायत परिषद सदस्यहरूको समेत उपस्थिति थियो।

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, भदौ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्