Kathmandu Press

जसपा नेपालका अध्यक्ष यादवविरुद्ध पार्टी नेताले दिए आयोगमा उजुरी 

उजुरीमा गैरकानुनी रूपमा भएका कामकारबाही बदर गर्न माग गरिएको छ । गत जेठमा भएको एकता महाधिवेशनबाट अध्यक्ष पदमा उपेन्द्र यादव सर्वसम्मतिले चयन भएका थिए। 
जसपा नेपालका अध्यक्ष यादवविरुद्ध पार्टी नेताले दिए आयोगमा उजुरी 

काठमाडौं, भदौ २५ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले  केन्द्रीय समिति र पदाधिकारी चयनमा विधान विपरीत कार्य गरेको आरोपमा सोही पार्टीका नेता अशोक यादवले निर्वाचन आयोगमा उजुरी दिएका छन्। 

केन्द्रीय समिति र पदाधिकारी चयन विधान र निर्देशिका विपरीत भएको भन्दै छानबिनको माग गरिएको छ। उजुरी दिने नेता यादव जसपा नेपालको महाधिवेशनमा महासचिवका उम्मेदवार थिए । हाल उनी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष छन्। 

उजुरीमा गैरकानुनी रूपमा भएका कामकारबाही बदर गर्न माग गरिएको छ । गत जेठमा भएको एकता महाधिवेशनबाट अध्यक्ष पदमा उपेन्द्र यादव सर्वसम्मतिले चयन भएका थिए। 

अध्यक्ष यादवले महाधिवेशनमा उम्मेदवारी नै दर्ता नगराएका कतिपय नेतालाई पदाधिकारीदेखि कार्यकारिणी तथा केन्द्रीय सदस्यमा मनोनीत गरेको दाबी उजुरीमा गरिएको छ। 

अध्यक्ष यादवले गरेका निर्णय पार्टीको विधान र निर्वाचन निर्देशिका, २०८१ विरुद्ध रहेको भन्दै छानविनको माग छ । पार्टी पदाधिकारी, कार्यकारिणी विभिन्न निकाय प्रमुख र सदस्य चयन गरेका सम्पूर्ण काम कारबाही बदर गर्न समेत माग गरिएको छ । 
 
प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, भदौ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्