Kathmandu Press

वडाध्यक्ष र वडा सचिव घुस रकमसहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले चारलाख ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो। 
वडाध्यक्ष र वडा सचिव घुस रकमसहित रंगेहात पक्राउ

धनुषा, भदौ २५ : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– २४ का वडाध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहसहित तीनजनालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले चारलाख ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो। 

उनीहरुसँग अर्का विजय मण्डललाई पनि पक्राउ गरिएको छ। अख्तियार टोलीले मंगलबार दिउँसो वडा कार्यालय परिसरबाटै घुस रकमसहित पक्राउ गरेको हो। उनीहरुले सेवाग्राहीबाट रकम लिएको सूचनाका आधारमा पक्राउ गरिएको हो। 

वडाअध्यक्ष सहनी र वडासचिव साहले घरबाटो प्रमाणित गरी दिने प्रयोजनका लागि घुस रकम मागेको जनाइएको छ। 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, भदौ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्