Kathmandu Press

राजीनामा दिन उपसभामुखलाई गोकुल बास्कोटाको सुझाव

प्रश्न उठाउँदैमा चीरहरण नहुने बताउँदै सांसद बास्कोटाले आफूलाई सही प्रमाणित गर्ने अवसर लोकतन्त्रको कानुनी राजमा हुने उल्लखे गरे।
राजीनामा दिन उपसभामुखलाई गोकुल बास्कोटाको सुझाव

काठमाडौं, भदौ २५ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन सुझाव दिएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै निरन्तर पीडित हुनुभन्दा पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न उपसभामुख रानामगरलाई आग्रह गरे।

प्रश्न उठाउँदैमा चीरहरण नहुने बताउँदै सांसद बास्कोटाले आफूलाई सही प्रमाणित गर्ने अवसर लोकतन्त्रको कानुनी राजमा हुने उल्लखे गरे।

‘कतिपय साथीहरूले भन्नुभयो, लोकतन्त्रको चीरहरण हुन्छ। उहाँमाथि प्रश्न उठाउन मिल्दैन,’ बास्कोटाले भने, ‘लोकतन्त्र नै त्यो व्यवस्था हो, जसले सबैप्रश्न उठाउन पाउँदछ।’

सम्बोधनका क्रममा बास्कोटाले आरोप लागेपछि आफूले राजीनामा दिएको पनि सुनाए। उनले भने, ‘पटकपटक प्रश्न उठिसक्यो, कयौंं दृष्टान्त पनि छन्। एउटा प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ, ममाथि छानबिन गरियोस्। दोषी भए प्रमाणित गरियोस्। यति आँट राजनीतिक मान्छेसँग हुनुपर्छ।’

सांसदहरूबारेमा प्रश्न उठे के गर्ने भन्ने कानुन बनाउनुपर्ने बताउँदै उनले उपसभामुखमाथि निर्णय संसद्ले गर्ने भन्दै भ्रम फैलाइएको बताए। 

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, भदौ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्