कानून आयोगका पदाधिकारीले १५ दिनको तलब कोषमा जम्मा गर्ने
काठमाडाैं, चैत ३० : नेपाल कानून आयोगका अध्यक्ष र उपाध्यक्षले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्ध्र दिन बराबरको तलब दिने ....

काठमाडाैं, चैत ३० : नेपाल कानून आयोगका अध्यक्ष र उपाध्यक्षले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्ध्र दिन बराबरको तलब दिने भएका छन्।
आयोगका अध्यक्ष माधव पौडेलले विश्वभरि नै फैलिएको कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बनाएको कोषमा १५ दिन बारबरको तलब दिने निर्णय गरेको बताए।
अन्य कर्मचारीको हकमा भने मुख्य सचिवको अध्यक्षमा सम्पन्न भएको बैठकबाट निर्णय भए बमोजिम रकम कट्टा गरी सम्बन्धित कोषमा दालिल गर्ने आयोग आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १७:१३ बजे, आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
