आफूमाथिको आरोपमा धनराज गुरुङले भने– संसदीय छानबिन समिति आवश्यक देखिए बनाइयोस्, तयार छु
सम्बन्धविच्छेद भइसकेकी श्रीमतीसँग जोडेर सहकारी विवादमा आरोप लगाइएको बिषयमा कांग्रेस उपसभापति गुरुङले संसदमा प्रतिबाद गरेका हुन्।काठमाडौं, भदौ २५ : नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सहकारी अपचलनका बिषयमा आफूमाथि लागेको आरोपमा संसदीय छानबिन समिति आवश्यक देखिए बनाउन तयार रहेको बताएका छन्।
गुरुङल मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यस्तो भनाई राखेका हुन्। सम्बन्धविच्छेद भइसकेकी श्रीमतीसँग जोडेर सहकारी विवादमा आरोप लगाइएको बिषयमा कांग्रेस उपसभापति गुरुङले संसदमा प्रतिबाद गरेका हुन्।
‘श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न मिल्छ कि मिल्दैन? भूतपूर्व श्रीमान् या श्रीमतीलाई जोड्न मिल्छ कि मिल्दैन? विवाह गर्नु अपराध हो? मिल्न नसक्नु अपराध हो? त्यो पनि होइन,’ उनले भने।
उनले नेलशन मन्डेलाको पनि सम्बन्ध विच्छेद भएको दृष्टान्त सुनाए।
‘नक्कली भएको बताउनुभएको रहेछ । जसले नक्कली कुरा गर्छ अरुलाई पनि त्यस्तै देख्छ। १० वर्षे बच्चा हुर्काउनुको पीडा म आफैँसँग छ । संसदीय छानबिनका लागि म तयार छु,’ उनले भने।