Kathmandu Press

पर्यटन बोर्डको सिईआबाट जोशीलाई हटाउन मागसहित रेग्मी पुगे सर्वोच्च 

सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले जोशीलाई हटाएर आफु हुनुपर्ने मागदाबीसहित मंगलबार रिट दिएका हुन्। 
पर्यटन बोर्डको सिईआबाट जोशीलाई हटाउन मागसहित रेग्मी पुगे सर्वोच्च 

काठमाडौं, भदौ २५ : नेपाल पर्यटन बोर्डमा गैरकानुनी तबरबाट दीपकराज जोशीको नियुक्ति भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। 

सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले जोशीलाई हटाएर आफु हुनुपर्ने मागदाबीसहित मंगलबार रिट दिएका हुन्। 

जोशीले सीईओको प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेको जिकिर लिएका छन् । रिट निवेदक रेग्मीले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन सर्वोच्चसँग माग राखेका छन्। 

गत बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई बोर्डको सीईओ नियुक्त गरेको थियो।
 
प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, भदौ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्