Kathmandu Press

सभामुख, राष्ट्रिय अध्यक्ष र कानूनमन्त्रीबीच छलफल 

काठमाडाैं, चैत ३० : सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र कानूनी  न्याय तथा संसदीय मामिला मन्त्री डा.....

सभामुख, राष्ट्रिय अध्यक्ष र कानूनमन्त्रीबीच छलफल 

काठमाडाैं, चैत ३० : सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र कानूनी  न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेबीच छलफल भएको छ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आइतबार भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र संघीय संसदले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रीत रहेको थियो।  

छलफलमा सभामुुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका गरिरहेका कामहरु उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिएका थिए। उनीहरुले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिएका थिए।  

काननू मन्त्री तुम्बाहाङफेलाई चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ।  
 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, चैत ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्