एमालेले डाक्यो सचिवालय बैठक
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजेका लागि तय भएको छ।
काठमाडौं, भदौ २४ : सत्ताधारी नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक डाकेको छ ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजेका लागि तय भएको छ।
सचिवालय बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
यसअघि भदौ १८ र १९ गते पार्टी पोलिटब्युरो बैठक बसेको थियो। सोही बैठकका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने बताइएको छ।
प्रकाशित मिति: १९:४४ बजे, सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












