Kathmandu Press

‘सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन’

उनले सिद्धान्तमा सम्झौंता गरेको भए बीपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउदै वीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे।
‘सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन’

काठमाडौं, भदौ २४ : राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताएका छन्। 

बीपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको बताए। 

Hardik ivf

सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको उनको भनाइ थियो। 

‘ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ,’ उनले भने, ‘सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ।’

उनले सिद्धान्तमा सम्झौंता गरेको भए बीपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउदै वीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे।

‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बीपीका विशेषता हुन् जुन हाम्रा लागि सँधै प्रेरणाका रुपमा रहिरहनेछ,’ राष्ट्रपति पौडेलले भने। 
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बीपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे। 

कार्यक्रममा ‘जननायक बीपी कोइराला स्मृति ट्रस्ट’ (बीपी ट्रस्ट)ले साहित्यकार कवि द्वारिका श्रेष्ठलाई एक लाख एक हजार र प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्