Kathmandu Press

इन्द्र जात्राको अक्षयकोष १५ करोड बनाउने मन्त्री पाण्डेको घोषणा

मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाए।
इन्द्र जात्राको अक्षयकोष १५ करोड बनाउने मन्त्री पाण्डेको घोषणा

काठमाडौं, भदौ २४ : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन्। 

सोमबार इन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। 

मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाए। इन्द्र जात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए।

जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे। इन्द्र जात्रा आगामी असोज एक गते मनाइने भएको छ।
 

प्रकाशित मिति: १६:५९ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्