Kathmandu Press

‘समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन’

‘यदि संविधान संशोधन नै गर्ने हो भने समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्ने गरी होइन, २०७२ सालको संविधानमा विद्यमान रहेका सबै भाव जीवित राख्नुभपर्छ,’ उनले भने।
‘समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन’

काठमाडौं, भदौ २४ : नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दैं उनले वर्तमान संविधानको मूल उद्देश्य जीवित राख्दै संविधान संशोधन गरिए मात्रै संविधान संशोधनमा सहयोग गर्ने उल्लेख गरे।

सांसद तामाङले अहिलेको संविधानमा विद्यमान रहेका जनताका अधिकारलाई कुिण्ठत गरेर २०४७ सालको संविधानतिर उन्मुख हुने कार्य कदापी मान्य नहुने बताए।

‘यदि संविधान संशोधन नै गर्ने हो भने समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्ने गरी होइन, २०७२ सालको संविधानमा विद्यमान रहेका सबै भाव जीवित राख्नुभपर्छ,’ उनले भने।

संविधानमा उल्लेख गरिएको संघीय गणतन्त्र, धर्म निरपेक्षता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सबै संवैधानिक व्यवस्थाको प्रतिकूल नहुने गरी संविधान संशोधन गरिनुपर्नेमा उनको जोड थियो।

सांसद तामाङले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी संविधान संशोधन गरेमा मात्रै आफ्नो पार्टीले समर्थन जनाउने बताए।

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, भदौ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्