Kathmandu Press

ब्यूरोक्रेसीले राजनीतिक व्यक्तिलाई आशंका गरे लक्ष्यमा पुगिँदैन : कार्की

सोमबार अर्थ समितिको बैठकमा बोल्दै नेता कार्कीले राजनीतिक व्यक्तित्वले पनि  ब्यूरोक्रेसीलाई आशंका गर्न नहुने बताए। 
ब्यूरोक्रेसीले राजनीतिक व्यक्तिलाई आशंका गरे लक्ष्यमा पुगिँदैन : कार्की

काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले ब्यूरोक्रेसीले(कर्मचारी) राजनीतिक व्यक्तित्वलाई आशंका गरे कहिल्यै लक्ष्यमा पुग्न नसकिने बताएका छन्। 

सोमबार अर्थ समितिको बैठकमा बोल्दै नेता कार्कीले राजनीतिक व्यक्तित्वले पनि  ब्यूरोक्रेसीलाई आशंका गर्न नहुने बताए। 

‘ब्यूरोक्रेसीले राजनीतिक व्यक्तित्वलाई आशंका गर्ने, राजनीतिक व्यक्तित्वले ब्यूरोक्रेसीलाई आशंका गर्यो भने लक्ष्यमा पुग्न सक्दैनौं,’ उनले भने, ‘त्यसैले हामी एकजुट भएर हिड्नुपर्छ। हरेक अर्थमन्त्री आउँदा नीति बदल्ने छुट दिनुहुँदैन।’

सांसद कार्कीले राष्ट्र बैंक भनेको नेपालको अर्थतन्त्रको आर्थिक सल्लाहकार भएको बताए। उनले राष्ट्र बैंकले निर्माण गर्ने कार्यविधिमा अर्थ मन्त्रालयको परामर्श हुनुपर्ने बताए। 
 
प्रकाशित मिति: १५:२१ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्