सहकारीमा गलत ढंगबाट रकम गएको स्थापित भएको लामिछानेको स्वीकारोक्ति
लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा यस्तो स्विकारोक्ति गरेका हुन्। उनले गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताए।काठमाडौं, भदौ २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया लगायतमा सहकारीबाट गलत ढंगबाट रकम गएको स्थापित भएको स्विकारोक्ति गरेका छन्।
रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा भाग लिन सोमबार धनगढी पुगेका लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा यस्तो स्विकारोक्ति गरेका हुन्। उनले गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताए।
‘गोर्खा मिडियालगायत विभिन्न संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको कुरा आइसकेकै कुरा हो, स्थापित भएकै कुरा हो, अनुसन्धानले देखाएको कुरा हो । तर कसले ग¥यो भन्ने अदालतमा गइसकेको कुरा हो,’ उनले भने, ‘क–कसले बदमासी ग¥यो भनेर स्पष्ट पारिसकेको हो। त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने हो, प्रमाण हुनेवित्तिकै मैले जिम्मेवारी त लिनैपर्छ।’
उनले सहकारी रकम अपचलनमा क–कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म बाहिरिएका प्रहरी प्रतिवेदन लगायतले देखाएको समेत उनले बताए।
उनले प्रतिनिधिसभाले गठन गरेको सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी विशेष संसदीय छानबिन समितिका सभापति सूर्य थापा नेतृत्वको छानविन समितिले सहकारी पीडितहरूका लागि निकास निकाल्ने अपेक्षा पनि गरे।