Kathmandu Press

प्रतिनिधिसभामा आकस्मिक समय अब दुई मिनेट मात्र 

सोमबार प्रतिनिधि सभाको बैठकमा  सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराएका छन्। 
प्रतिनिधिसभामा आकस्मिक समय अब दुई मिनेट मात्र 

काठमाडौं, भदौ २४ : प्रतिनिधि सभामा आकस्मिक समय अबदेखि दुई मिनेट कायम हुने भएको छ। 

हालसम्म आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएकोमा सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट मात्र कायम गरिएको छ। 

सोमबार प्रतिनिधि सभाको बैठकमा  सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराएका छन्। 

दुई मिनेटभित्र भनाई नसकिए स्वचालित रुपमा सांसदको माइक काटिने छ। सभामुख घिमिरेले समय घटाएर त्यसमा पनि स्वचालित रुपमा माइक काटिने प्रावधान लागू गरेका छन्। 
 
प्रकाशित मिति: १४:४९ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्