Kathmandu Press

कांग्रेसबाट चित्रलेखा यादवकाे नाम अस्ट्रेलियाको राजदूतमा सिफारिस

सत्ता साझेदार दल नेपाली कांग्रेसले सोमबार अस्ट्रेलियाका राजदूतमा केन्द्रिय सदस्य यादवको नाम सिफरिस गरेको हो।
कांग्रेसबाट चित्रलेखा यादवकाे नाम अस्ट्रेलियाको राजदूतमा सिफारिस

काठमाडौं, भदौ २४ : अस्ट्रेलिया लागि नेपाली राजदूतमा चित्रलेखा यावदको नाम सिफारिस भाएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसले सोमबार अस्ट्रेलियाका राजदूतमा केन्द्रिय सदस्य यादवको नाम सिफरिस गरेको हो।

यसअघि कांग्रेसले नै अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो। तर, इजराजयबाट फिर्ता हुँदा सहयोगी नफर्काएको उजुरी परेपछि उनको नाम राजदूतबाट फिर्ता लिइएको थियो।

सोही स्थानमा कांग्रेसले यादवको नाम सिफारिस गरेको हो। कांग्रेसको सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद बैठकले उनको नाम सिफारिस गर्नेछ।

यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख हुन्। उनी शिक्षा मन्त्री समेत बनेकी थिइन्। गत निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।

प्रकाशित मिति: १२:११ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्