Kathmandu Press

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण 

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण 
फाइल तस्बिर।

काठमाडौं, भदौ २४ : आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

सुर्खेतका लागि बिहान ७ः४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७ः५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन्। 

विमानमा रहेका ५३ जना यात्रुहरुलाई भने अर्को विमानबाट सुर्खेत पठाइएको छ। 

अवतरण क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो। विमानमा ‘नोज ह्विल लक’ को समस्या देखिएको बताइएको छ। 

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्