Kathmandu Press

प्रधानन्यायाधीशका लागि सर्वोच्चका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमा

परिषदले सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चूडाल र नहकुल सुवेदीको नाम पठाएको हो। 
प्रधानन्यायाधीशका लागि सर्वोच्चका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमा

काठमाडौं, भदौ २३ : न्याय परिषद्ले असोज २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको छ।

पषिदले संवैधानिक व्यवस्था वमोजिम सर्वोच्चमा तीन वर्ष कार्यावधि पुगेका न्यायाधीशहरूको नाम पठाएको हो। परिषदले सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चूडाल र नहकुल सुवेदीको नाम पठाएको हो। 

Hardik ivf

संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदका लागि योग्य हुने उल्लेख छ। संविधानतः प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै नियुक्ति प्रक्रियाका लागि योग्य न्यायधाीशको सूची सिफारिस गर्नुपर्ने व्यवस्था छ। 

न्यायपरिषदले पठाएका नामहरुमध्ये न्यायाधीश राउत वरिष्ठ न्यायाधीश हुन । संवैधानिक परिषदले वरिष्ठताक्रमअनुसार नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने परम्परा छ। 

प्रकाशित मिति: २०:५४ बजे, आइतबार, भदौ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्