चार नेपाली राजदूतको एक महिनाको तलब कोरोना कोषमा
काठमाडाैं, चैत ३० : दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्....

काठमाडाैं, चैत ३० : दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब जम्मा गरिदिएका छन्।
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले चार जना राजदूतहरुले कोषमा एक महिनाको तलब जम्मा गरिदिने सामूहिक निर्णय गरेको जानकारी दिए।
नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यानमाका लागि भीमकृष्ण उदास, अष्ट्रेलियाका लागि दाहाल र थाइल्याण्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गरेका हुन्।
प्रकाशित मिति: १५:०० बजे, आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











