कांग्रेसका लुम्बिनी प्रदेश सांसद केसी जेल चलान
रुकुम पश्चिम क्षेत्र नं. १ (१)बाट निर्वाचिन केसीले आइतबार दिउँसो रुकुम जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका हुन्।
दाङ, भदौ २३ : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी जेल चलान भएका छन्।
रुकुम पश्चिम क्षेत्र नं. १ (१)बाट निर्वाचिन केसीले आइतबार दिउँसो रुकुम जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका हुन्।
२३ वर्ष पुरानो श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतबाट उनी दोषी ठहर भएका थिए। सो उनलाई एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
आत्मसमर्पण गरेसँगै उनलाई तोकिएको सजाय भुक्तानका लािग कारागार चलाउन भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:३६ बजे, आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार